पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालकै सबैभन्दा बढी ‘जाली, झेली, कपटी र बेइमान’ व्यक्ति भएको आरोप लगाएका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा सोमबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले गिरीबन्धु प्रकरणमा ओलीले गरेको बद्मासी पर्दाफास गर्ने चेतावनी पनि दिएका छन्।
प्रचण्डले भनेका छन् ‘देशमा सुशासनको अभियान र भ्रष्टाचारविरूद्धको अभियान सुरू भइसकेको छ। यो खबरदारी सभा पनि भ्रष्टाचारीविरूद्धकै हो,’ ‘म अस्तिको पटक यहाँ आउँदा यहाँका किसानका समस्याबारे पनि सुनेको छु। मैले गिरीबन्धु टिइस्टेट मैले आफैले हेरेको छु। त्यहाँका किसानहरूको समस्या सुनेको छु। सम्भवतः यो ठाउँ अहिलेका प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी, मेरो लागि त यति धेरै जाली, यतिधेरै झेली कि उनको ठाउँमा बोल्दैछु। उहाँको दिमागमा जालझेलबाहेक केही देखिँदैन।’
ओलीलाई गाली गर्दा ताली बजेपछि झनै उत्साही बनेका उनले थपे, ‘गिरीबन्धुमा गरेको बद्मासीलाई पर्दाफास गरेर छोड्ने छु। गिरीबन्धु, ओम्नी, वाइडबडी यी तमाम समस्या छन्।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस