Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १३ : ३५ मा प्रकाशित

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकले  कुल १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकले विभिन्न सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।  यो सेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । 

इच्छुक लगानीकर्ताले  ७ दिनभित्र आवश्यक कागजातसहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा निवेदन दिनुपर्नेछ । 

तोकिएको समयमा खरिद निवेदन नपरेपछि पुनः सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको