गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नु रहेको बताएका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो ।’
भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु सरकारको दायित्व समेत रहेको उनले बताए ।
भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनको आग्रह छ । यस्तै,उनले भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद नहुने पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस