Like us!
Follow us!
Connect us!
Watch us!

यी २१ हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा,लगानीकर्ताले कुन कम्पनीबाट कति पाउँदैछन् ?

अर्थ संसार

आइतबार, २१ पुस २०८१, ११ : १० मा प्रकाशित

यी २१ हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा,लगानीकर्ताले कुन कम्पनीबाट कति पाउँदैछन् ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिलेसम्म सूचीकृत ९१ ओटा जलविद्युत् कम्पनीमध्ये ५२ जलविद्युत् कम्पनीले लाभांशसम्बन्धी निर्णय गरेका छन्।

जसमा २१ वटा जलविद्युत कम्पनीले मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेका छन्। 

बाँकी ३१ कम्पनीले भने सेयरधनीको हात खाली बनाएका छन्। 

हेर्नुस् कुनले कति दिँदैछन् लाभांश :

लाभांश घोषणा गर्ने  जलविद्युत् कम्पनीमा माउन्टेन इनर्जी नेपालले १५ प्रतिशन बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी १५.७९ लाभांश घोषणा गरेको छ ।  रुरु जलविद्युत् कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७९ नगद गरी १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस्तै,भगवती हाइड्रोपावरले ४ प्रतिशत बोनस सेयर र १०.७४ प्रतिशत नगद गरी १४.७४ प्रतिशत,सुपरमाई हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनीले १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी १२ प्रतिशत,मान्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश,ग्रीन भेन्चर्सले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत,सानिमा माईले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत, र कुथेली बुखरी १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नदगरी १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल हाइड्रोले ८ प्रतिशत बोनस सेयर ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत,साहस ऊर्जाले ८ प्रतिशत बोनस सेयर ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत,बिन्ध्यवासिनीले ८ प्रतिशत बोनस सेयर, कालिका पावर ७ प्रतिशत बोनस सेयर ०.३७ प्रतिशतगरी ७.३७ प्रतिशत लाभांश,मन्दाकिनीले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत,अपि पावरले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नदग गरी ५.२६ प्रतिशत,सुपर मादीले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नदग गरी ५.२६ प्रतिशत र बुटवल पावरले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यसैगरी, राधी विद्युतले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगदगरी ५ प्रतिशत,सगरमाथा जलविद्युत् कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत,युनाइटेड इदी मर्दीले ४ प्रतिशत बोनस सेयर र ०.२१ नगदगरी ४.२१ प्रतिशत र अरुण भ्याली हाइड्रोपावर कम्पनीले ३ प्रतिशत बोनस सेयर ०.१६ प्रतिशत नगद गरी ३.१६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यी कम्पनीले बनाए लगानीकर्तालाई निराश:

गत आवको मुनाफाबाट लाभांश नदिनेमा भने मकर जितुमाया सुरी, सानिमा मिडल तमोर, इङ्वा हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, माथिल्लो मैलुङ खोला, न्यादी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रो, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर, हिमालय ऊर्जा विकास कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, भिजन लुम्बिनी, राप्ती हाइड्रो कन्स्ट्रक्सन एन्ड जनरल र मिड सोलु हाइड्रोपावर रहेका छन् । 

त्यस्तै,पिपुल्स हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, मोदी इनर्जी, रसुवागढी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, दोर्दी खोला जलविद्युत् कम्पनी, हिमालयन पावर पार्टनर, भूगोल इनर्जी, दोल्ती पावर, मेन्छियाम हाइड्रोपावर र लिबटी इनजीले पनि  गत आवको मुनाफाबाट लाभांश नदिने घोषणा गरेका छन् ।

यी सबै कम्पनीहरुले साधारणसभा भने पुस मसान्तभित्रै बोलाएका छन् ।

घोषणा गरेका कतिपय कम्पनीले लाभांश साधारणसभाबाट पारित गरेर सेयरधनीको खातामा पठाइसकेका छन् भने केहीको बाँकी छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको