आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा माघ १४ गते आयोजना गर्ने भएको छ। सभा बिहान १० बजे बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बस्नेछ।
संस्थाले यसपटक गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरिसकेको छ, जसकारण लाभांशसम्बन्धी प्रस्ताव सभाको एजेन्डामा समावेश गरिएको छैन।
सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने, र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरू पेस गरिनेछन्।
त्यसैगरी, सम्भावित मर्जर प्रक्रियाका लागि आवश्यक कदम चाल्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने एजेन्डा पनि छलफल गरिनेछ।
साधारणसभाका लागि माघ २ गते बुक क्लोज गरिने जानकारी संस्थाले दिएको छ। यस अनुसार, पुस २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले साधारणसभामा सहभागी हुन पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस