Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रीला बैंकको हकप्रद निश्कासन, अन्तिम दिन कहिले ?

सोमबार, १७ पुस २०७४, १६ : ३६ मा प्रकाशित

सांग्रीला बैंकको हकप्रद निश्कासन, अन्तिम दिन कहिले ?

अर्थ संसार, काठमाडौं–  सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आज (पुस १७ गते)देखि हकप्रद सेयर निश्कासन भएको छ । बैंकको  १० बराबर ८ को अनुपात अर्थात (८० प्रतिशत)मा हकप्रद सेयर निश्कासन भएको हो ।

हकप्रद खरीद गर्न लागि इच्छुक सेयरधनीले आगामी माघ २१ गतेसम्म आवेदन दिन सक्नुहुनेछ ।यो विकास बैंकले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८ लाख ६७ हजार ७ सय ९८.५० कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो ।

कहिलेसम्मका लगानीकर्ता आवेदन सक्छन त ?

कम्पनीले हकप्रद प्रयोजनका लागि मंसिर २७ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ मंसिर २६ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

कहाँबाट आवेदन दिने ?

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभूू क्यापिटल लिमीटेडले गर्नेछ ।इच्छुक सेयरधनीले प्रभूू क्यापिटलको कमलादीस्थित मुख्य कार्यालय, प्रभूू बैंकका सबै शाखा कार्यालय तथा सांग्रीला डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल यो विकास बैंकको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी २ अर्ब ४४ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १० लाख खूद नाफा आर्जन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको