Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त वित्तीय संस्थाहरूलाई कडाइ गर्दै राष्ट्र बैंकले संशोधन गर्यो एकीकृत निर्देशक, के - के छन् नयाँ व्यवस्था ?

अर्थ संसार

मंगलबार, २३ पुस २०८१, १८ : १० मा प्रकाशित

लघुवित्त वित्तीय संस्थाहरूलाई कडाइ गर्दै राष्ट्र बैंकले संशोधन गर्यो एकीकृत निर्देशक, के - के छन् नयाँ व्यवस्था ?

लघुवित्त वित्तीय संस्थाहरूलाई कडाइ गर्दै एकीकृत निर्देशन, २०७९ संशोधन गरिएको छ ।  

योसँगै अब नेपाल राष्ट्र बैंकले  लघुवित्त वित्तीय संस्थाहरुलाई पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ ।  केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा थप गर्दै लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय विवरण तयार गर्दा एनएफआरएस अनुसार गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार उक्त निर्देशिकाका केही व्यवस्थाहरू संशोधन गरिएको छ । अब लघुवित्त वित्तीय संस्थाहरूले नेपाल वित्तीय प्रतिवेदनमान अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेछ । नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमानलाई आधारको रूपमा लिनुपर्नेछ ।

५ प्रतिशत भन्दा बढी सेयर भएका सेयरधनी र उनका एकाघरका परिवारले संस्थाको कार्यकारी प्रमुख पदको नियुक्त नपाउने व्यवस्था गरिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

‘संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति/पुनर्नियुक्ति हुन योग्य हुने छैन ।

साथै, चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति/पुनर्नियुक्ति हुन योग्य हुने छैन’, उक्त संशोधित निर्देशनमा उल्लेख छ । तर, यो निर्देशन जारी हुँदाका बखत कुनै व्यक्ति संस्थाको कार्यकारी प्रमुख पदमा बहाल रहेको भए विद्यमान कार्यकालको बाँकी अवधि पूरा गर्न भने यो निर्देशनले बाधा पुगेको मानिने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको