महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/ ८१ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
साथै बैठकले सञ्चालक समितिबाट पारित गन आवको वित्तीय विवरण साधारण सभाका लागि प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । महुलीले गत आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस