महुली लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५००.२० रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ४.७२ प्रतिशतले हुन आउने १ करोड ७५ लाख ७१ हजार ३६६.२६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ९ लाख २४ हजार ८०८.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस