Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको तेस्रो त्रैमासिक नतिजा - ३ सय प्रतिशतले बढ्यो वितरणयोग्य नाफा,कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

विहीबार, २५ बैशाख २०८२, १२ : १७ मा प्रकाशित

महुली लघुवित्तको तेस्रो त्रैमासिक नतिजा - ३ सय प्रतिशतले बढ्यो वितरणयोग्य नाफा,कस्ता छन् अन्य सूचक  ?

महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले ४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा २५.६२ प्रतिशतको बढोत्तरी भएको छ। चालु आर्थिक वर्षको चैतसम्म संस्थाको सञ्चालन मुनाफा २५.६३ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ करोड ६१ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष चैतसम्म खुद ब्याज आम्दानी १९ करोड ४० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ३३.१३ प्रतिशतले बढेको छ। चैतसम्म संस्थाको वितरणयोग्य मुनाफा (लाभांश क्षमता)  ३०२ प्रतिशतले बढेर ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको वितरणयोग्य मुनाफा  १ करोड १२ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९६ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ४.९० प्रतिशत थियो। चुक्तापुँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ४ करोड ५३ लाख रुपैयाँ र रिजर्भमा ३० करोड ४२ लाख रुपैयाँ छ।

अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ लाख ६४ हजार रुपैयाँ र रिजर्भमा २८ करोड ५०लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवैको आकार बढेको छ। समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ८५ करोड ११ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ५८ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसले संस्था व्यापार ग्रोथमा आक्रमण ढंगले अगाडि बढेको छ।

समीक्षा वर्षमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १४.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.३५ रुपैयाँ थियो। पीई रेसियो ८४.८६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९४.५१ रुपैयाँ रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको