Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटारमा साँझ मन्त्रिपरिषद्को बैठक बस्दै,कुलमान हटाइएलान् ?

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, १३ : ४४ मा प्रकाशित

बालुवाटारमा साँझ मन्त्रिपरिषद्को बैठक बस्दै,कुलमान हटाइएलान् ?

आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद् बैठक बस्ने भएपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने चर्चा छ ।

अघिल्लो मन्त्रिपरिषद्को बैठकमा सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले घिसिङलाई हटाउने पक्षमा छन् । प्रधानमन्त्री ओली पनि कुलमानलाई हटाउने पक्षमा छन् । डेडिकेटेड ट्रंक लाइनका विषयमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको र सरकारले पटक पटक दिएको निर्देशन पालना नगरेपछि प्रधानमन्त्री ओली कुलमानसँग रुष्ट छन् ।

घिसिङले सञ्चालक समितिको निर्देशन नमानेको, मन्त्रालयले बनाएको समितिलाई डेटा नदिएको, मन्त्रीको निर्देशन नमानेको भन्दै ऊर्जामन्त्री खड्का पनि  घिसिङ रुष्ट बनेका छन् ।

पटक पटक सोधिएको स्पष्टिकरणमा कुलमानले चित्तबुझ्दो जवाफ दिएका छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको