Like us!
Follow us!
Connect us!
Watch us!

‘फास्ट ट्रयाक’बाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

अर्थ संसार

मंगलबार, १५ माघ २०८१, १६ : २९ मा प्रकाशित

‘फास्ट ट्रयाक’बाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

 बैठकले माघ १८ गतेदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा अध्यादेशलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै गुरुङले  भने, 'राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भइसकेको छ। उक्त अध्यादेश कार्यान्वयनका लागि नियमावली निर्माणको निर्णय बैठकले गरेको छ।'

मन्त्री गुरुङले आवश्यकताका आधारमा अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै सुशासन प्रवर्द्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरिएको स्पष्ट पारे।

उनले संसदले नियमित प्रक्रियामा समय लाग्ने अवस्थामा ‘फास्ट ट्रयाक’बाट महत्त्वपूर्ण विषय पारित गर्न सरकार प्रतिबद्ध रहेको बताए। आगामी अधिवेशनमा सरकारले प्रस्तुत गर्ने विधेयकहरूमाथि सांसदहरूबाट विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको