गत शुक्रबार (पुस २६) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
उक्त दिन बसेको मन्त्रिपरिषद् बैठकले २८ वटा निर्णय गरेको थियो ।
जसमा विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, प्रहरी अधिकृतहरूको बढुवा र सचिवहरूको सरुवा लगायतका निर्णय भएका छन् । मन्त्रिपरिषद् बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बैठकले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप करिब १ अर्ब ६३ करोड रुपैयाँ (१२ मिलियन अमेरिकी डलर) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषदको बैठकका निर्णयहरु :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस