Like us!
Follow us!
Connect us!
Watch us!

माघका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ? हेरौं तथ्यांक

अर्थ संसार

सोमबार, २९ पुस २०८१, १० : ४६ मा प्रकाशित

माघका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ?  हेरौं तथ्यांक

वाणिज्य बैंकहरूले माघ महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महीनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

तथ्याङ्कअनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन्।

माघमा  सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंकले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यसैगरी सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ । 

पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमईले ५.७५ प्रतिशत, एनआईसी एसियाले ६.६० प्रतिशत, लक्ष्मी सनराइजले ५.७५ प्रतिशत, एभरेष्टले ६ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत प्रभुले ६.१० प्रतिशत र नेपाल बैंकले ५.६० प्रतिशत दिएका थिए। माघमा पनि यही ब्याजदर ग्राहकहरुले पाउने भएका छन्। 

नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइजले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो ।

यसरी हेर्दा पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशत विन्दुले घटेको छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको