Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धन ०८४ सम्मै चल्छ: गृहमन्त्री लेखक

अर्थ संसार

सोमबार, २९ पुस २०८१, ११ : ५२ मा प्रकाशित

गठबन्धन ०८४ सम्मै चल्छ: गृहमन्त्री लेखक

 गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने बताएका छन् । लेखकले सञ्चारकर्मीहरूसँग कुरा गर्दै  यस्तो बताएका हुन्

गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्रै भएको उनले बताए ।

यस्तै, नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सात बुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने उनको दाबी थियो ।

उनले भने, ‘ ‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ,हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ,संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको