भुक्तानीको विषयलाई लिएर आन्दोलन चर्काउने घोषणा गरेका निर्माण व्यवसायीलाई अर्थमन्त्री विष्णु पौडेलले सरकारले भुक्तानी दिइसकेको जवाफ दिएका छन् ।
अर्थमन्त्रालयमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अर्थमन्त्री पौडेलले मन्त्रालयमा विधिसम्मत आएका भुक्तानीका ‘क्लेम’ राफसाफ भैसकेको बताए । उनले आम र आधारभुतरुपमा भुक्तानीको काम सकिएको बताएका हुन् । उनले भुक्तानी नपाएको भनेर निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने कुरामा आफूलाई विश्वास नलागेको बताए ।
उनले भने, ‘गत आवको दायित्व यसैवर्ष तिरिदिएका छौं जुन यस वर्षको पनि होइन,समस्या समाधान गरिदिएका छौं । हामी आउँदा तिर्न बाँकी थियो । अहिले बाँकी छैन ।भुक्तानीको समस्या सकिएको छ,कोही व्यवसायीले आन्दोलन गर्ने, भुक्तानी पाएनौं भनको छ भने सत्य छैन ।’ उनले कसैले विधिसम्बत दाबी गरेको छ भने दिएको दाबी गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस