Like us!
Follow us!
Connect us!
Watch us!

साढे ६ अंकले बढ्यो सेयर बजार ,फाइनान्समा उच्च गिरावट

अर्थ संसार

सोमबार, ०७ माघ २०८१, १५ : १७ मा प्रकाशित

साढे ६ अंकले बढ्यो सेयर बजार ,फाइनान्समा उच्च गिरावट

आज साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज  सेयर  बजार नेप्से परिसूचक ६.७८ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको छ । 

आज  कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडको भयो ।

आज  ११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो भने अन्य सेक्टर २.१३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.६०, हाइड्रोपावर ०.०२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटे । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन १.६८, निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशत बढे ।

आज सबैभन्दा धेरै रिभर फल्स पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.०५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको