नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकार छिटै ढल्ने दोहोर्याएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे ।
सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा उनले आपत्ति जनाए । ओली नेतृत्वको सरकार बने देखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैधानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाइ थियो ।
उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस