Like us!
Follow us!
Connect us!
Watch us!

लिबर्टी इनर्जीको अवितरित सेयर खरिदका लागि अन्तिम दिन आज

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, १० : २१ मा प्रकाशित

लिबर्टी इनर्जीको अवितरित सेयर खरिदका लागि अन्तिम दिन आज

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको अवितरित सेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्न चाहने लगानीकर्ताका लागि आज, माघ ९ गते, अन्तिम अवसर हो।


८ लाखभन्दा बढी अवितरित सेयर लिलाममा

कम्पनीले १ बराबर ०.५० को अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन नपरेपछि ८ लाख २६ हजार ५७४ कित्ता अवितरित सेयर लिलाम बिक्रीमा ल्याइएको हो।


न्यूनतम मूल्य र आवेदन प्रक्रिया

सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले यो मूल्य वा सोभन्दा बढी अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्यामा कुनै सीमा नराखिएको कम्पनीले जनाएको छ।


बिक्री प्रबन्धक र आवेदन स्थान

यस लिलाम बिक्रीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले प्रभु क्यापिटलको कार्यालयमा साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको