Like us!
Follow us!
Connect us!
Watch us!

माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै ओम मेगाश्री फर्मास्यूटिकल्स

अर्थ संसार

विहीबार, १० माघ २०८१, १० : ३४ मा प्रकाशित

माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै ओम मेगाश्री फर्मास्यूटिकल्स

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। 

यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सेयरमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।  

कम्पनीले आफ्‌नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।

आवेदन धितोपत्र बोर्डबाट आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको