उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन् ।
बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए । अर्थमन्त्री पौडेलले समस्याका चाङ रहेको र द्रुत गतिमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
अर्थतन्त्रलाई चलायमान बनाउन सरकार द्रुत गतिमा अघि बढि रहेको अर्थमन्त्री पौडेलले बताए। उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन सरकार द्रुत गतिमा अघि बढि रहेको छ । सोहि अनुसार हामिले काम गरिरहेका छौ ।सबैको सहयोग हुनुपर्छ। बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको छ। ’
‘बैंकिङ प्रणालीमा रहेको तरलतालाई उत्पादन र रोजगारी सृजनामा बृद्धि गर्नुहोस्। सरकारसँग समस्याको चाङ छ ।छोटो समयमा ठुलो उपलब्धि हासिल गर्न चाहान्छौ । अर्थतन्त्रमा परिणाम आउने गरि माग गर्न चाहन्छ। अर्थतन्त्रलाई लयमा ल्याउनको लागि नै सरकारले अध्यादेश ल्याएका हौ । निरासालाई आशामा बदल्नका लागि ऐन संशोधन गरेको हो।’ उनले भने ।
विदेशि लगानी अभिबृद्धिमा सरकारले ठुलो फड्को मार्दै आएको बताए । ‘अध्यादेश कार्यन्वयनमा सरकार प्रतिवद्ध रहेको छ। विदेशि लगानि अभिबृद्धि भइरहेको छ। व्यवसायो वातावरण बनाउने हामि अग्रणी भूमिका खेल्दै छौ।’ पौडेलले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस