Like us!
Follow us!
Connect us!
Watch us!
बजार ५४.६५ अंकले बढ्यो, नेप्से १६सयबाट उकालो

नेप्से उच्च दरले बढ्दा कमाउने कोको ? अब उकालो लागेकै हो त बजार ?

बुधबार, १५ मंसिर २०७३, १५ : ४३ मा प्रकाशित

नेप्से उच्च दरले बढ्दा कमाउने कोको ? अब उकालो लागेकै हो त बजार ?

अर्थ संसार

काठमाडौं–घटेको बजारलाई मौका ठानेर लगानीकर्ताहरु सेयर बजारमा ओइरिएका छन् । यसैले केही दिनदेखि उतारचढावपूर्ण सेयर बजार बुधबार उच्च दरले बढेको छ । यस दिन ५४.६५ अंकले बजार माथि चढेर १६०८.३३ अंकमा बन्द भएको छ । मंगलबार पनि बजार तलमाथि गरेर अन्ततः ४३ अंकले बढेर बन्द भएको थियो । 

यस दिन सेयर बजारमा किन्नेको चाप निकै थियो । नेप्सको परिसूचकसँगै यस दिन कारोबार रकम पनि १ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

शेयर बिष्लेषकहरु बजार घट्ने क्रममा अब ब्रेक लागेको अनुमान गर्छन् । निश्चित विन्दुमा पुगेर ओरालीएको बजार अर्को निश्चित विन्दुमा पुगेर उकालिन थालेको उनीहरुको अनुमान छ । 

बिहान ११५४ अंकबाट सुरु भएको कारोबार दिउँसो १२ बजेसम्म तीब्र गतिमा उकालिएर १५९० अंकमा पुगेको थियो । विस्तारै उकालिएको बजार त्यसपछि तिब्र गतिमा ओरालो लागेर त्यसको आधा झण्डै सुरुकै अबस्था १५५९ अंकमा आइपुगेको थियो । त्यसपछि युटर्न लिएको बजार विस्तारै बढेर बन्द हुने बेला १६०७.७२ अंकमा आइपुगेको थियो । 

यस दिन सबै परिसुचक उच्च अंकले हरिया भएका छन्  । सबैभन्दा उत्साहजनक बृद्धि वीमा समुहमा देखियो । उक्त समुह ३२६ अंकले बढेको छ । यसपछि क्रमशः बैंकिङ समुह ५८.७४, विकास बैंक समुह ५७.८८, जलविद्युत ४९.८४, वित्त समुह २३.०९ र अन्य समुह ६.३६ अंकले बढेका छन् । होटल समुहमा भने कुनै परिवर्तन भएन । 

सधैंजस्तै एभरेस्ट बैंकको सेयरको उच्च कारोबार भएको छ । यस दिन उक्त बैंक एक्कलैले २० करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यसपछि उच्च दरमा बोनस पाउने अपेक्षाले लगानीकर्ताले बैंक अफ काठमाडौं लुम्बिनीमा पैसा खन्याएका छन् । उक्त बैंकको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

यसपछि शिखर इन्स्योरेन्सको ५ करोड ५१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५ करोड ३२ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ४ करोड १९ लाख रुपैयाँ र मेगा बैंकको ४ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर संख्याको आधारमा उच्च कारोबार बैंक अफ काठमाडौं लुम्बिनीको भएको छ । यस दिन उक्त बैंकको ८९ हजार ८ सय ३४ कित्ता सेयर किनबेच भएको छ । यसपछि मेगा बैंकको ७९ हजार ३ सय ४२ कित्ता र सिभिल बैंकको ६७ हजार २ सय ८८ कित्ता सेयर कारोबार भएको छ । 

बढेको बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसमा पनि माछापुच्छ«े बैंक, वमी माइक्रोफाइनान्स, र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्किट ब्रेकर लाग्ने गरी १० प्रतिशतका दरले कमाएका छन् ।

यस्त राष्ट्रिय बीमा कम्पनी, रिलायबल माइक्रो फाइनान्स, लक्ष्मी लघुवित्त, नेरुदे लघुवित्त, आइएलएफसिओ माइक्रोफाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र वेस्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीले कमाएका छन् । 

बढेको बजारमा पनि मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले साँडे ५ प्रतिशतले गुमाएका छन् । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, रिडी हाइड्रोपावर, सगरमाथा इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले ३ प्रतिशतको हाराहारीमा गुमाएका छन् । 

बुधबार १३५ कम्पनीका ८ हजार ५ सय ९ वटा कारोबारबाट १४ लाख ८९ हजार ८ सय १० कित्ता सेयर किनबेच भएको छ । यस दिन बजार ३.५२ प्रतिशतले बृद्धि भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको