Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १० : ४३ मा प्रकाशित

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

आइसिएफसि फाइनान्स लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्कासन गरेको हो।

कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। जसमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो। सार्वजनिक निष्कासनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमटेडले गर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको