Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सले गर्याे लाभांश घाेषणा, कस्ताे छ लाभांश इतिहास ?

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, १० : ३८ मा प्रकाशित

आईसीएफसी फाइनान्सले गर्याे लाभांश घाेषणा, कस्ताे छ लाभांश इतिहास ?

आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाइ ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे थियाे ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम १०.५ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता थियाे । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ । 

सबैभन्दा बढी लाभांश क्षमता भएकाे आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड​काे लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ७ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन । 

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र ०.७४ प्रतिशत नगद गरि कूल १४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ०.५५ प्रतिशत नगद गरि कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १७ प्रतिशत बाेनस र ०.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन । 

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ४.५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ४ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

6388360c17718.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको