Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १३ : ५९ मा प्रकाशित

आईसीएफसी फाइनान्सले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

कम्पनीकाे पाैष २९ गते सम्पन्न भएकाे १९औँ वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

साधारण सभाबाट पारित गरिएकाे ५ प्रतिशत नगद लाभांश सेयरधनीहरूको खातामा पठाइएकाे हाे ।

त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले बैंक खाताका साथसाथै प्यान नम्बर पनि अद्यावधिक गर्न आग्रह गरेकाे छ ।  

कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको