Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सको नाफा घट्दा, ईपीएस पनि घट्यो, खराब कर्जामा भने सुधार

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, ०९ : ०६ मा प्रकाशित

आईसीएफसी फाइनान्सको नाफा घट्दा, ईपीएस पनि घट्यो, खराब कर्जामा भने सुधार

आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फाइनान्सकाे खुद नाफा संगै प्रति सेयर आम्दानी पनि घटेको देखिन्छ 

खुद नाफा 

चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्म फाइनान्सकाे खुद नाफा  ३ करोड ३४ लाख रुपैयाँमा सिमित भएकाे छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २९.७९ प्रतिशतले घटेकाे हाे । गत वर्षको यसै अवधिमा फाइनान्सले ४ करोड ७६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
 

खुद व्याज आम्दानी

फाइनान्सकाे खुद व्याज आम्दानी भने ३४.९१ प्रतिशत बढेकाे छ । पहिलाे त्रैमाससम्म कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । गत वर्षकाे यसै अवधिमा फाइनान्सले  ११ करोड ३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

सञ्चालन मुनाफा

समिक्षा अवधिसम्म फाइनान्सकाे सञ्चालन मुनाफा २७.०१ प्रतिशतले घटेर ४ करोड ९६ लाख  रूपैयाँमा सिमित भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले  ६ करोड ८० रूपैयाँ सञ्चालन मुनाफा कमाएकाे थियाे । 

वितरणयाेग्य मुनाफा

फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार फाइनान्सकाे वितरणयाेग्य मुनाफा ९ करोड ४३ लाख  रहेको छ । 

इम्पेरिमेन्ट चार्ज

पहिलाे त्रैमासमा फाइनान्सकाे इम्पेरिमेन्ट चार्ज ३ करोड ४६ लाख रहेको छ। 

खराब कर्जा (एनपीएल)

फाइनान्सकाे खराब कर्जा घटेर १.३१ प्रतिशत कायम भएकाे छ । आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे खराब कर्जा (एनपीएल) १.७८ प्रतिशत रहेकाे थियाे ।

 चुक्ता पूँजी

फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ। 

जगेडा काेष

फाइनान्सकाे जगेडा काेषमा ४९ करोड ७४ लाख रुपैयाँ सञ्चित रहेकाे छ । उक्त रकम अघिल्लाे वर्षकाे तुलनामा ८.६४ प्रतिशतले बढेको हाे । गत वर्षकाे यसै अवधिमा फाइनान्सकाे जगेडा काेषमा४५ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेकाे थियाे । 

प्रतिसेयर आम्दानी (ईपीएस)

समिक्षा अवधिसम्म फाइनान्सकाे प्रतिसेयर आम्दानी (ईपीएस) पनि १८.६१ रुपैयाँबाट घटेर ११ रूपैयाँ ८७ पैसा पुगेको छ ।

प्रतिसेयर नेटवर्थ 

फाइनान्सकाे प्रतिसेयर नेटवर्थ १५६ रूपैयाँ ३२ पैसा रहेकाे छ ।  

मूल्य आम्दानी अनुपात (पीई रेसियाे)

त्यस्तै, पहिलाे त्रैमाससम्म फाइनान्सकाे मूल्य आम्दानी अनुपात (पीई रेसियाे) ३६.८९ गुणा रहेकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको