५ प्रतिशतको निष्क्रिय कर्जा अनुपातको सर्त खारेज गर्ने राष्ट्र बैकले तयारी गरेको छ ।
बैंकहरुले बढ्दो खराब कर्जा (एनपिएल) का कारण मुद्धती निक्षेपमा लगानी गर्दा कायम गरिदै आएको ५ प्रतिशतको निष्क्रिय कर्जाको सर्त खारेज गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले ३ वर्षअघिसम्म एनपिएल ५ प्रतिशतभन्दा माथि भएका बैंक तथा वित्तीय संस्थालाई शिघ्र सुधारका कारबाही (पिसिए) गर्ने निति ल्याएको थियो । तर, राष्ट्र कोभिडपछि र समग्र अर्थतन्त्रमा छाएको मन्दीको प्रभावले बैंकहरुको कर्जा असुली प्रभावित भएको र एनपिएल बढेको भन्दै पिसिए लगाउने व्यवस्था हटाएको छ।
राष्ट्र बैंकले आफ्नो पैसा बैंकको मुद्दतीमा राख्दा भने बोलकबोल आह्वान गरी भाग लिने बैंकहरुको एनपिएल ५ प्रतिशतभन्दा कम हुनुपर्ने शर्त हटाएको थिएन ।
चालू वर्षको दोस्रो त्रैमासमै ४ वटा वाणिज्य बैंकको एनपिएल ५ प्रतिशतमाथि पुगेको र ११ वटा वाणिज्य बैंकको एनपिएल साढे ४ प्रतिशतमाथि पुगेपछी यो प्रावधान खारेज गर्ने तयारी गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस