Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई ओलीको जवाफ- अब ०६४ को जमाना छैन,कब्जा, त्रास र आतकंको समय सकियो

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १६ : १७ मा प्रकाशित

प्रचण्डलाई ओलीको जवाफ- अब ०६४ को जमाना छैन,कब्जा, त्रास र आतकंको समय सकियो

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।

प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै भोट दिए देशबाट भ्रष्टाचारका जराकिला उखेलेर फाल्ने बताएका थिए । प्रचण्डको उक्त भनाइको जवाफ ओलीले सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै फर्काएका हुन् ।

ओलीले भनेका छन्, ‘अचम्मको कुरा, ६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु भन्नु भएछ एक ठाउँमा एक जनाले, ए जमाना गयो त्यो ।बुथ कब्जा, त्रास र आतकंको समय सकियो। सरकार र प्रशासन निरीह हुने अवस्था अब छैन। सोझा जनतालाई दुर्बिनले हेर्‍या हुन्छ, कहाँ भोट लगायो थाहा पाउँछौं हामी पछि ठिक लगाउँछौं भनेर ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको