एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति तोकेको छ। इन्स्योरेन्सले मंसिर ११ गतेदेखि आफ्ना सेयरधनीलाई हकप्रद खुलाउने भएको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। हाल कायम १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद सेयरधनीले आवेदन दिन पाउनेछन् ।
इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो।
अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।
कसले कसले दिन सक्छन आवेदन ?
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज मिति तय गरेको छ । जस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कहिले सम्म दिन सकिन्छ ?
हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।
रेटिङ्ग
रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।
बिक्री प्रबन्धक
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस