Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपभन्दा कर्जाको ब्याजदर घट्नेक्रम उच्च, बर्षदिनमा कति घट्याे ?

अर्थ संसार

आइतबार, २० माघ २०८१, १० : ५० मा प्रकाशित

निक्षेपभन्दा कर्जाको ब्याजदर घट्नेक्रम उच्च, बर्षदिनमा कति घट्याे ?

पछिल्लो १ वर्षको अवधिमा  बैंकहरुबाट प्रवाह हुने कर्जा र निक्षेप दुवैकोको ब्याजदर करिब ३ प्रतिशत बिन्दुसम्मले घटेको छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर यसरी घटेको हो । राष्ट्र बैंकको मंसिरसम्मको तथ्यांक अनुसार निक्षेपको भन्दा कर्जाको ब्याजदरको गिरावट दर उच्च रहेको छ ।

यस्तो छ राष्ट्र बैंकको  तथ्यांक

- निक्षेपको भारित औसत ब्याजदर - २.८४ प्रतिशत विन्दुले घटेर ४.७८ प्रतिशत 

- कर्जाको भारित औसत ब्याजदर - २.९५ प्रतिशत विन्दुले घटेर ८.९० प्रतिशत

यसरी हेर्दा गत आर्थिक वर्षको मंसिर महिनाको तुलनामा चालु आर्थिक वर्षको मंसिरसम्म वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर निक्षेपको भारित औसत ब्याजदरभन्दा ०.११ बिन्दु बढीले घटेको छ । २०८० मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ७.६२ प्रतिशत थियो । २०८० मंसिरमा कर्जाको भारित औसत ब्याजदर ११.८५ प्रतिशत थियो ।

विकास बैंक/फाइनान्स कम्पनीको कर्जाको अवस्था कस्तो ?

विकास बैंक तथा फाइनान्स कम्पनीहरुको पनि निक्षेप र कर्जाको भारित औसत ब्याजदर घटेको छ । 

पछिल्लो १ वर्षको अवधिमा विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवैको भारित औसत ब्याजदर ३ प्रतिशत विन्दुभन्दा धरैले घटेको छ ।

- विकास बैंकहरुको निक्षेपको ब्याजदर ३.०४ प्रतिशत घटेर ५.७५ प्रतिशत

- कर्जाको ब्याजदर ३.१३ प्रतिशतले घटेर १०.२६ प्रतिशत

- फाइनान्स कम्पनीहरुको निक्षेपको ब्याजदर ३.१५ प्रतिशत घटेर ६.७० प्रतिशत

- कर्जाको २.८२ प्रतिशत घटेर ११.४८ प्रतिशत

राष्ट्र बैंकका अनुसार २०८० मंसिरमा विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरुको १४.३० प्रतिशत रहेको थियो ।

आधार दर पनि घट्यो 

बैंकले निक्षेपमा दिने ब्याजदर घटेसँगै मंसिरमा बैंकहरूको आधार दर पनि घटेको छ ।

वाणिज्य बैंकहरूको औसत आधार दर ६.८२ प्रतिशत, विकास बैंकहरुको ८.६५ प्रतिशत र वित्त कम्पनीहरुको ९.७७ प्रतिशत रहेको छ ।  २०८० मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.६४ प्रतिशत, विकास बैंकहरुको ११.६४ प्रतिशत र वित्त कम्पनीहरुको १३.१४ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको आधार दर २.८२, विकास बैंकहरुको २.९९ तथा फाइनान्स कम्पनीहरुको ३.३७ बिन्दुले घटेको छ । 

ट्रेजरी बिलको भारित औसत ब्याजदर

२०८० मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.५३ प्रतिशत रहेकोमा २०८१ मंसिरमा २.८५ प्रतिशत रहेको छ ।

अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर

बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० मंसिरमा २.०६ प्रतिशत रहेकोमा २०८१ मंसिरमा ३.०० प्रतिशत रहेको छ ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको