Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले पोलिसी रिफर्ममा ध्यान दिएको छ - अर्थमन्त्री पौडेल

अर्थ संसार

आइतबार, २० माघ २०८१, १२ : १० मा प्रकाशित

अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले पोलिसी रिफर्ममा ध्यान दिएको छ - अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रको समस्या समाधान गर्न पोलिसी रिफर्ममा ध्यान दिएको बताएका छन् ।

महिला आर्थिक पत्रकार संघको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । पौडेलले जग्गा बिक्रीमा समस्या आउँदा अर्थतन्त्रले चुनौती झेल्नु परेको बताए। 

पौडेलले भने,‘बैंकको केही हिस्सा लगानी जग्गामा छ। यसको समस्या समाधान तत्काल खोज्न आवश्यक छ ।’ 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका बाह्य सूचक राम्रो रहे पनि केही समय अघिदेखि अर्थतन्त्र दबाबमा रहेको बताए । उनले पुँजीगत खर्च किन बढेन भनेर बुझ्न सरकार अघि बढेको बताएका छन् । पौडेलले गत वर्षको तुलनामा भने अर्थतन्त्रमा केही सुधार भएको बताए । उनले निर्माण व्यवसायीको भुक्तानीका विषयमा धेरै कुराहरू उठ्दै आएको भन्दै सरकारले कानुनसम्मत ढङ्गले दाबी गरेको भुक्तानी हुँदै आएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको