Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी

अर्थ संसार

आइतबार, २० माघ २०८१, १४ : ४४ मा प्रकाशित

कुमारी बैंकको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी

९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा आंशिक लगानी जुटेको छ । कुमारी बैंकको नेतृत्वमा ३ वटा बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो ।  

आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिदार्थ बैंक लिमिटेडको संयुक्त लगानी हुने गरी ऋण सम्भौता भएको हो । अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने गरी छिट्टै सम्झौता हुने एम ए पावर प्रा लि का अध्यक्ष अनुप आचार्य बताए ।

आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने छ । आयोजना निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ। प्रवर्द्वक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्दार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैंक लिमिटेडले १.५ अर्ब रूपैयाँ लगानी गर्नेछन् । 

नेपाल विद्युत् प्राधिकरणसँग २०८० कार्तिक १ गते सम्पन्न विद्युत् खरिद सम्झौताअनुसार २०८६ वैशाख २२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।  आयोजनाबाट उत्पादित विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेशनमा जोडिनेछ। परियोजनाले गण्डकी र बागमती प्रदेशका ऊर्जा आपूर्तिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको