प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपराधीलाई चोख्याउने र कानुनलाई बङ्ग्याएर खोजिरहेको आरोप लगाएका छन्।
बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै उनले सरकार अपराधीलाई धुने र सुन पानी छर्किने काममा लागेको टिप्पणी गरे। प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने सरकारको तयारीलाई गलत बाटो भन्दै कडा आलोचना गरे। उनले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स कमिसनको आधारमा होइन,खुला प्रतिस्पर्धामार्फत दिनुपर्ने बताए।
प्रचण्डले भने,‘धितोपत्र बोर्डमा बिचौलियाहरूको आँखा परिरहेको छ। ऐनले परिकल्पना नगरेको निर्देशिका बनाएर लाइसेन्स दिन खोजिनु गैरकानुनी कदम हो’ उनले अगाडि भने, ‘सरकारले आफ्नै सम्पत्ति ठान्ने वातावरण बन्नु हुँदैन। यो प्रक्रिया तत्काल रोक्नुपर्छ’ प्रचण्डले चेतावनी दिए।
प्रचण्डले सरकारले अवैध प्रक्रियाबाट अघि बढ्ने हो भने अर्थतन्त्र र पुँजी बजारमा दीर्घकालीन नकारात्मक प्रभाव पर्ने चेतावनी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस