Like us!
Follow us!
Connect us!
Watch us!

रविको बचाउमा प्रचण्ड, भने - सरकारले सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडायो

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १५ : ५५ मा प्रकाशित

रविको बचाउमा प्रचण्ड, भने - सरकारले सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडायो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाएको बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको जिकिर गरेका हुन् । ।

उनले अहिले सरकार प्रतिशोध साँध्ने कुरामा बलियो देखिएको, न्यायपालिकालाई नै धम्क्याएर फसाइ छाड्ने कसरतमा रहेको जिकिर गरे ।

उनले भने, ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ’, ‘हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइछाड्ने षड्यन्त्रमा छन् । त्यसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’ 

उनले  अदालतहरुले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ? भन्दै  प्रश्न समेत गरेका छन् ।  ।

प्रचण्डले भने,‘राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ रु सहकारी ठगीमा सरकारको मापदन्ड अन्यायपूर्ण मात्र छैन, अपराधपूर्ण छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको