Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले ओलीलाई भने - देउवालाई छाड्छु भनेर दिनदिनै कसम खाइरहनु पर्दैन

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १६ : ०३ मा प्रकाशित

प्रचण्डले  ओलीलाई भने -  देउवालाई छाड्छु भनेर दिनदिनै कसम खाइरहनु पर्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नढल्नेबारे दिनैपिच्छे स्पष्टीकरण दिएर नहिँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले  भने, ‘अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो, ढलेँ, ढलेँ, ढलेँ । तपाईंहरूसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु । भनेको भन्दा ७ दिनअघि छाड्छु भन्नुपर्छ त ?,’ उनले भने, ‘तपाईंहरूमा आपसमा साँच्चै विश्वास भएको भए हरेक ठाउँमा समयमै छाड्छु भनिरहनुपर्ने । के शेरबहादुरजीले सुन्नु हुन्न र ?’

अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो संसदमा मत ढलेँ ढलेँ, तपाईंहरुप्रति विश्वास छ भने यति महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री छाड्छु भनेको भन्दा ७ दिन अघि छाड्छु भन्नुपर्छ त, आपसमा विश्वास भएको भए ?

‘शेरबहादुरजीको कान र आँखा तगडा छन् । धेरै पटक भन्न पर्दैन । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु,’

अहिलेको सरकार प्राकृतिक, संवैधानिक र पारदर्शी नभएको प्रचण्डले दोहोर्‍याए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको