Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधिहरू भइरहेकोमा बैंकरहरूको ध्यानाकर्षण - तत्काल कारवाही गर्न माग

अर्थ संसार

शुक्रबार, २५ माघ २०८१, १२ : ५३ मा प्रकाशित

बैंकिङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधिहरू भइरहेकोमा बैंकरहरूको ध्यानाकर्षण - तत्काल कारवाही गर्न माग

बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनहरुले बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक भ्रामक र गलत अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।

संघहरुले यस्ता गतिविधिमा संलग्नहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारसँग माग गरेका छन् ।  सामाजिक सञ्जालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन पनि संघहरुले आग्रह समेत गरेका छन्।

‘यस संघहरुसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दति खातामा रहेको  ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको स्मरण गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ। 

‘सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेका सूचना तथा समाचारलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्नसमेत सरकारी निकायहरुलाई आग्रह गर्दछौँ ।’

 

67a5be31b7f56.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको