Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घट्दा पनि किन बढेन कर्जाको माग ?

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ११ : २९ मा प्रकाशित

ब्याजदर घट्दा पनि किन बढेन कर्जाको माग ?

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन । जसका कारण बैक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएको छ। 

बैंकहरूमा ऋण दिन मिल्ने रकम थुप्रिरहेको, ब्याजदर एकल अंकमा झरेसँगै कर्जा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको थियो । तर अपेक्षा गरिएअनुसार कर्जा माग बढ्न सकेन्। 

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । 

यसअवधिमा बैंकहरुले ५७ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका छन् ।  यसरी हेर्दा निक्षेप संकलन र कर्जा प्रवाह/लगानीबीचको फरक ७ खर्ब २७ अर्ब रुपैयाँ छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट भने ५ खर्ब ९९ अर्ब रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।  तथ्यांकअनुसार वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेप ५७ खर्ब ७८ अर्ब रुपैयाँ छ भने ऋण लगानी ४६ खर्ब १६ अर्ब रुपैयाँ छ ।

विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप संकलन ७ खर्ब २७ अर्ब रुपैयाँ छ भने कुल ऋण लगानी ६ खर्ब रुपैयाँ छ ।  यसरी  निक्षेप संकलन भइरहँदा पनी कर्जा विस्तारमा बैंकहरु कमजोर हुँदा यसले वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना गरेको छ । 

बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७९ प्रतिशत छ। 

यसलाई हेर्दा बैंकहरुसँग अझै पनी निक्षेपको करिब ११ प्रतिशत रकम ऋण लगानी गर्न पाइने देखिन्छ । 

ऋणीले  विगतमा चर्को ब्याजमा लिएको ऋण अझै तिर्न नसक्दा ब्याजदर घटे पनि उनीहरुले महसुस गर्न नपाएको र कर्जाको मागमा कमी आएको जानकारहरु बताउँछन्। बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तिय संस्थाहरुलाई प्रोत्साहन गर्नुपर्ने जानकारहरुको जोड छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको