Like us!
Follow us!
Connect us!
Watch us!

डीपी अर्याल भन्छन् - रविमाथि सरकारले प्रतिशोध साँध्यो , संसद्ले समर्थन जनायो

अर्थ संसार

शुक्रबार, २५ माघ २०८१, १४ : ०५ मा प्रकाशित

डीपी अर्याल भन्छन् - रविमाथि सरकारले प्रतिशोध साँध्यो , संसद्ले समर्थन जनायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको र त्यसमा संसद्ले समर्थन जनाएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ।सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस्’ अर्यालको आग्रह छ ।

लामिछाने संसदको चौथो ठूलो दल रास्वपाको सभापति रहेको ख्याल गर्न उनको आग्रह छ । लामिछानेलाई झुटा मुद्दा लगाएर फसाइएको उनको आरोप छ ।

'एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिसोधको मुल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ। झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको