जीवन विकास लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ।
लघुवित्तले सेयरधनी प्रभु क्यापिटलको स्वामित्वमा रहेको ८ लाख कित्ता सेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो ।
कम्पनीले आज माघ २७ गतेदेखि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका साथै अन्य जो कोही व्यक्ति वा कम्पनीले समेत किन्न पाउने गरी सेयर बिक्रीमा राखेको जनाएको छ । यसमा आवेदन दिने अन्तिम मिति फागुन ४ गते तोकिएको छ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सेयर किन्न इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय काठमाडौं थापाथलीमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस