जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ।
लघुवित्तका १२ जना संस्थापक सेयरधनीले आफूहरूको २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका हुन्।
बिक्रीकर्तालाई कोड नम्बर एदेखि एलसम्म छुट्याइएको छ। सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको जनाइएको छ। यो सेयर हाल कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्।
संस्थापकबाट ३५ दिनभित्र सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस