Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्स्चेन्ज लाइसेन्सिङ र नेप्सेको पुनर्संरचनाको लागि कार्ययोजना समिति गठन

अर्थ संसार

सोमबार, २८ माघ २०८१, ०८ : ४८ मा प्रकाशित

नयाँ स्टक एक्स्चेन्ज लाइसेन्सिङ र नेप्सेको पुनर्संरचनाको लागि कार्ययोजना समिति गठन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी कार्ययोजना तयार पार्न विशेष समिति गठन गरेको छ। यस समितिले पूँजी बजार सुधारका लागि अघिल्लो समितिद्वारा तयार पारिएको प्रतिवेदनलाई आधार बनाएर कार्ययोजना बनाउने छ।

समितिमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा सेबोन सञ्चालक महेश बराल, कानुन विभागका प्रतिनिधि सञ्चालक विनोदकुमार भट्टराई, नेपाल राष्ट्र बैंकका प्रतिनिधि सञ्चालक तुलसीप्रसाद घिमिरे, सेबोनका नियमन विभाग प्रमुख मुक्ति श्रेष्ठ र नियमन महाशाखा प्रमुख अम्बिकाप्रसाद गिरी समावेश गरिएका छन्।

यसअघि नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजी बजार सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर नयाँ कार्ययोजना तयार गरिने बताइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको