नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ६सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारका दिन सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस