Like us!
Follow us!
Connect us!
Watch us!

साइपालमा एभरेष्ट बैंकको शाखा उद्घाटन, ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच

अर्थ संसार

सोमबार, २८ माघ २०८१, १५ : २९ मा प्रकाशित

साइपालमा एभरेष्ट बैंकको शाखा उद्घाटन, ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच

नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बैंकिङ सेवा उद्घाटन गरेका छन्।  उनी बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्न पुगेका हुन् ।

यो सँगै मुलुकको ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको छ । 

साइपाल ७५३ वटा स्थानीयतहमध्ये सबैभन्दा अन्तिममा बैंकको पहुँच पुग्ने पालिका हो । यही पालिकामा बैंक स्थापना भएर सञ्चालनमा आएको महिनौंपछि आज गभर्नर अधिकारीले हेलिकप्टर चढेर कार्यालयको उद्घाटन गरेका हुन् ।

सोमबार एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटनका लागि गभर्नर अधिकारीसँगै एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि साइपाल पुगेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको