Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र अप्टिक आइजबीच छुट सम्बन्धी सम्झौता

अर्थ संसार

सोमबार, २८ माघ २०८१, १५ : ५५ मा प्रकाशित

कुमारी बैंक र अप्टिक आइजबीच छुट सम्बन्धी सम्झौता

कुमारी बैंक लिमिटेड र अप्टिक आइज चाबहिलबीच सम्झौता भएको छ । बैंक र अप्टिक आइजबीच बैंकका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि स्शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको