चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।
बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।
‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।
बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो ।
‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।
चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस