Like us!
Follow us!
Connect us!
Watch us!

दबाबमा बैंक–वित्तीय संस्था - ४० अर्ब नाघ्यो गैरबैंकिङ सम्पत्ति

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, १२ : ५१ मा प्रकाशित

दबाबमा बैंक–वित्तीय संस्था - ४० अर्ब नाघ्यो गैरबैंकिङ सम्पत्ति

 बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति उल्लेख्य रुपमा बढेको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाकोे धितो लिलामी बिक्री नभएमा आफैँले सकार्छन् । यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । बैंकहरूले धितो सकारेपछि पनि त्यस्तो सम्पत्ति सकेसम्म छिट्टै बिक्री गर्नुपर्ने नियम छ । गैरबैंकिङ सम्पत्ति सकारेपछि बैंकहरूले त्यसको जोखिमबाट बच्न शतप्रतिशत रकम प्रावधानमा राख्नुपर्छ । पछिल्लो समय  बैंक तथा वित्तीय संस्थाको यस्तो सम्पत्ति  बिक्री हुन छोडेपछि यो क्षेत्र दबाबमा देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक  तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ४० अर्ब रुपैयाँ नाघेको छ ।  २०८१ पुस मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति बढेर ४० अर्ब ७५ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा १७ अर्ब चार करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तमा २३ अर्ब ७१ करोड १० लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति मात्रै ३४ अर्ब ८६ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन गतवर्ष पुस मसान्तको तुलनामा १४ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष पुसमा १९ अर्ब ८७ करोड ७० लाख रुपैयाँ थियो । विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत पुुससम्म ३ अर्ब ६० करोड २० लाख रुपैयाँ छ । जुन १ वर्षअघिको तुलनामा १ अर्ब ८ करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्ष पुसमा यस्तो सम्पत्ति २ अर्ब ५१ करोड ७० लाख रुपैयाँ थियो ।  फाइनान्स कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब २८ करोड रुपैयाँ बराबरको पुगेको छ  । जुन  १ वर्षअघिको तुलनामा ९७ करोड रुपैयाँ बढी हो । गत वर्ष पुसमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ थियो ।

कुन बैंकको गैरबैंकिङ सम्पत्ति धेरै ?

वाणिज्य बैंकहरुमध्ये सबभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा रहेको छ ।  दोस्रोमा हिमालयन बैंक  र तेस्रोमा एनआइसी एसिया बैंकमा गैरबैंकिङ सम्पत्ति धेरै रहेको छ ।

ग्लोबल आइएमई -  ५ अर्ब ५६ करोड ९८ लाख बराबरको गैरबैंकिङ सम्पत्ति 

हिमालयन बैंक - ४ अर्ब २५ करोड बराबर

एनआइसी एसिया बैंक-  ४ अर्ब ७ करोड बराबर

कुन बैंकमा सबैभन्दा कम 

नेपाल बैंक - २० करोड बराबरको यस्तो सम्पत्ति रहेको छ ।

यो सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति रहेको  बैंक हो ।

स्टान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति भने यो अवधिमा शून्य रहेको छ ।

कुनको घट्यो कुनको बढ्यो ?

गत वर्षको पुसको तुलनामा हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै ४१३ प्रतिशतले बढेको छ

सबैभन्दा कम सिद्धार्थ बैंकको ८.३० प्रतिशतले बढेको छ ।

यो अवधिमा माछापुच्छ्रे र प्राइम बैंकको यस्तो सम्पत्ति भने  घटेको छ । माछापुच्छ्रेको २६.२५ प्रतिशत तथा प्राइम बैंकको २.६२ प्रतिशतले घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको