नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा ४० प्रतिशतभन्दा बढीले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४०.५७ प्रतिशतले नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.६९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.५६ प्रतिशत घटेको छ । त्यस्तै, बै.कको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३३.०४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४०.४९ प्रतिशत घटेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६४ पैसा घटेर ३ रुपैयाँ ८६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ ।
२१ अर्ब ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ सञ्चित छ । गत असोज मसान्तसम्ममा बैंकले ७ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस