माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी बचाउन बनेको बताएका छन् ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’ यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रस्ट पारे ।
साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए ।
उनले भने, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस