Like us!
Follow us!
Connect us!
Watch us!

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु आफैं खरानी हुन्छन् - प्रचण्ड

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, १० : ३६ मा प्रकाशित

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु आफैं खरानी हुन्छन्  - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले भने, ‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ । जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ ।’

त्यसका लागि सबै माओवादी धारलाई एक हुन उनले अपिलसमेत गरे ।  उनले समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको जानकारी पनि उनले गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको