Like us!
Follow us!
Connect us!
Watch us!

पृथ्वीको सन्तुलन शक्तिशाली राष्ट्रहरूले बिगारे : पर्यटनमन्त्री पाण्डे

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, १५ : ३४ मा प्रकाशित

पृथ्वीको सन्तुलन शक्तिशाली राष्ट्रहरूले बिगारे : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको बताएका हुन् ।

 प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको उनको भनाइ थियो । उनले कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताए ।

मन्त्री पाण्डेले भने,‘शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरू खडा भएको छ । कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरूबाट मात्रै विद्युत् उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मूल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहान वा खण्डित गर्ने भन्ने एउटा छलफल सुरु भएको छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको